बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
अन्य

लोकसेवा आयोगका पुर्व अध्यक्षको निधनः जसले लोकसेवालाई बढी निष्पक्ष बनाए

२३-भाद्र-२०७६ | ०३:३१:०९ pm

लोक सेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको सोमबार निधन भएको छ। संखुवासभाको खाँदबारी नगरपालिक ४ पाङ्मामा विक्रम संवत १९९३ सालमा जन्मिएका राईको ८४ वर्षको उमेरमा निधन भएको छ। लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको उपचारको क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ।

दिवङ्गत लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको श्रीमती र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। राईको श्रद्धाञ्जलिका लागि निर्वाचन आयोगका आयुक्त दिनेश थपलिया र गृह सचिव प्रमकुमार राई र संखुवासभाका संघीय संसदका सदस्य राजेन्द्र गौतम पशुपति आर्यघाट पुगे सकेको परिवार स्रोतले जनाएको छ।

 

लोक सेवा आयोगका पूर्वअध्यक्ष राई २०१७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०२६ सालमा पाँचथरको प्रमुख जिल्ला अधिकारी भएका राई २०४१ सालमा नेपाल सरकारको सचिव भएका थिए। संखुवासभामा जन्मिएका राई २०४८ सालमा लोक सेवा अयोगको सदस्य हुँदै २०५१ सालमा अध्यक्ष बनेका थिए।

[bsa_pro_ad_space id=16]
%d bloggers like this: