आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
न्याय/कानुन

मुद्दा जिताईदिने शर्तमा घुस लिने अदालतका सवारी चालक रंगेहात पक्राउ

२७-भाद्र-२०७६ | ०७:१६:३७ am

सिरहा , बर्णन संवाददाता । सिरहा जिल्ला अदालतका एक जना सवारी चालक १ लाख १० हजार रुपैयाँ घुस लिएको रकम सहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबास , महोत्तरी को टोलीले सिराहा जिल्ला अदालतका सवारी चालक वृजमोहन यादवलाई रु १ लाख १० हजार घुस रकम सहित बिहीबार दिउँसो पक्राउ गरको हो ।

सेवाग्राहीसँग न्यायाधीश संग सेटिङ मिलाएर मुद्दा जिताउने शर्तमा सवारी चालक यादवले उक्त घुस रकम लिएको अख्तियारले जनाएको छ ।

यादव सिरहा जिल्ला अदालतका ३ नम्बर इजलासका न्यायाधीशका सवारी चालक रहेको बुझिएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिबास लगिएको छ ।

यसअघि मंगलबार पनि अख्तियारले विद्युत प्राधिकरण सिरहाका एक कर्मचारी छेदिलाल साहलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: