बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
अन्तर्राष्ट्रिय

नेपाल में कम्युनिष्ट कहाँ हैंः उपप्रधानमन्त्री उपेन्द्र यादव

१८-आश्विन-२०७६ | १०:२२:२१ pm

भारतको चर्चित पत्रिका सरीताले आजको अंकमा नेपालका उपप्रधानमन्त्री उपेन्द्र यादवको एक लामो अन्र्तवार्ता छापेको छ । सोही पत्रिकामा उनका अनुसार नेपालमा अव कोही कम्युनिष्ट छैन ।

तर कम्युनिष्ट हौ भन्नेवालाको भिड जरुर छ । उनका अनुसार कम्युनिष्ट नामको माला जपिएको छ ।

चीन आफ्नो पोलिसीमा व्यस्त छ । उसले व्यापार बढाएको छ । चीनलाई पनि थाहा छ नेपालमा केवल नाम वा लेपन लगाएका कम्युनिष्टहरु रहेकाछन् । नेपालमा पूँजीवाद वा सामन्तवाद छ तर कम्यूनिज्म छैन ।

माओवादको बारेमा पनि उप्रमले लगभग त्यस्तै वीचार राखेकाछन् । माओवाद पटक्कै छैन तर माओ जप्नेहरु छिटपुट भेट्न सकिन्छ ।
हिन्दुत्वको वारेमा उनले नेपाल एक हिन्दु राज्य हुने सम्भावनालाई पुर्ण रुपमा खारेज गरेका छन् र भनेका छन् नेपालमा, नेपालमा हिन्दुको अतिरिक्त अन्य धर्मावलम्वी पनि छन् जस्तो बुद्ध जैन, केही इस्लाम, क्रिस्चियन आदि।

 

नेपाल अहिले चीन तीर झुकेको छ ? भनी सोधिएको प्रश्नमा उनले भनेका छन् । यदि तपाँइहरु भारतबाट हेर्नु हुन्छ भने चीनतर्फ झुकेको पाउनु हुन्छ । चीनबाट हेर्ने हो भने भारततर्फ झुकेको पाइन्छ । वास्तवमा नेपाल तटस्थ छ बाँकी हेराई मात्र हो ।

मधेशीको समस्या के छन् ? भन्ने प्रश्नमा उनले भनेका छन्


नागरिकताको विषयमा हाम्रा केही समस्या छन् । सरकार समाधानको प्रयास गर्दैछ ।

भारतमा आएर का मगर्ने नेपालीको राम्रोको लागि के गर्न सकिन्छ । नेपाली भारतमा र भारतीय पनि नेपालमा छन् त्यसैले दुवैले दुवै प्रति राम्रो व्यवहार गर्नु पर्छ ।

पर्यटक बढाउन के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनेका थिए । हामी हाम्रो नेचुरल व्युटिलाई परिस्कृत गरेर नै अगाडी बढाउन प्रयास गर्दैछौ ।
कोशी बाढी सम्वन्धी प्रश्नमा उनले भने बाढीको कुनै भिसा हुँदैन प्रहरलिे रोक्न पनि सक्दैन त्यसैले दुवै देशले यसलाई समस्या र अवसरको रुपमा हेर्नु पर्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: