आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
न्याय/कानुन

अन्ततः सभामुख निवासबाटै महरा परे पक्राउमा , महराको दशै अब प्रहरी हिरासतमा

१९-आश्विन-२०७६ | ०७:४६:१८ pm

 

काठमाडौं, बर्णन संवाददाता ।

संघीय संसद सचिवालयमा कार्यरत महिला माथि यौन दूराचार गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरा अन्तत : सभामुख निवासबाटै प्रहरीको पक्राउमा परेका छन्।
आइतबार साँझ उनलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रक्राउ गरेको जनाईएको छ। अब बडा दशैको महाष्टमीको दिन पक्राउ परेका महराको दशै प्रहरी हिरासतमा कटने भएको छ ।

महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको बताइएको छ । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने प्रहरीले जनाएको छ ।
कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

तर महरा सभामुखको सरकारी निवासबाट निस्कदा भने बा ८ च ८०० नम्बरको रातो रङको गाडीमा निस्किएका थिए ।

यता महरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको थियो ।

महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान भए अनुसार प्रहरीले संघीय संसदका उपसभामुख तुम्बाहाम्फेलाई यस कुराको लिखित जानकारी दिएको हो।

महरालाई यसअघि नै चढ्दै आएको सवारी साधनमा राखेर लगिएकाले हतकडी लगाईएको वा नलगाईएको बारे त्यहाँ उपस्थिति सञ्चारकर्मीलाई केही पनि जानकारी गराईएको छैन ।

महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारी रोशनी शाहलाई बलात्कारको प्रयास गरेको गम्भिर आरोप लागेको छ।

सुरुमा आफुमाथि कुनै यौन दुव्र्यवहार नभएको भन्दै पीडीत महिलाले बयान फेर्दै आएपनि शुक्रबार भने महराविरुद्ध उनैले किटानी जाहेरी दिएपछि कारवाही प्रक्रिया नाटकीय ढंगले अघि बढेको हो। सोही जाहेरी अनुसार जिल्ला अदालत काठमाडौंले आइतरबार दिउसो पक्राउ पुर्जी जारी गरेको थियो ।सोही जाहेरी अनुसार जिल्ला अदालत काठमाडौंले आइतरबार दिउसो पक्राउ पुर्जी जारी गरेको थियो ।

महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिइसकेका छन्। १२ गते रातीको भएको उक्त घटना १३ गते मिडिया र सामाजिक सञ्जालमा व्यापक सार्वजनिक भएपछि अशोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको समेत नेकपा श्रोतले जानकारी गराएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: