बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
समाचार

आज विजयादशमीको दिन टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा

२१-आश्विन-२०७६ | ०५:४८:०१ am

काठमाडौं, असोज २१ ।

आज बडा दशैको मुख्य विजयादशमीको दिन असोज २१ गते मंगलबार परेको छ । आज मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन भए अनुसार टीकाको शुभसाइतको दृष्टिले बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ ।
आफूभन्दा ठूला र मान्यजनबर्ग संग बडादशैको टिका संगै आशिर्वाद थाप्न टाढा टाढा जाने चलन नेपालमा रहेको छ । टिका लाउने दिन आजबाट शुरु भएर पूर्णिमा दिन सम्म लगाइन्छ ।
यसको लाागि ज्योतिष सम्वन्धी नेपालको आधिकारिक संस्था नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा.रामचन्द्र गौतमले हामीसित बताए ।

विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।

यसै सन्दर्भमा देशका राष्ट्रपति , प्रधानमन्त्रीले पनि सर्वसाधारण नेपालीलाई टिका लगाई दिने चलन छ भने राजतन्त्र प्रति आस्था हुनेहरु पूर्व राजाको हातबाट पनि टिका थाप्ने गर्दछन् ।
काठमाडौको नेवार समुदायमा केहीले बसन्तपुर कुमारीघरमा गई जीवित देबी कुमारी बाट टिका थाप्ने गरिन्छ भने विशेष गरि तुलाधर लगायतका उदाय समुदायमा भोलि एकादशीको दिन मात्र टिका लाउने गरिन्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: