आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
न्याय/कानुन

विराटनगर उच्च अदालतकाे मुख्यन्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त्त

०१-कार्तिक-२०७६ | ०३:३७:३० pm

काठमाडाैँ ।  न्यायपरिषद्ले प्रदेश १ विराटनगर उच्च अदालतकाे मुख्यन्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्ति गरेकाे छ ।

विराटनगरका तत्कालीन मुख्यन्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा तानिएपछि खाली भएको उक्त मुख्यन्यायाधीश पदमा  तिलप्रसाद श्रेष्ठलाई नियुक्ति गरेकाे हाे ।

यो नियुक्तिमा जेष्ठता मिचिएको कारण तिलप्रसाद श्रेष्ठ माथिका न्यायाधीशहरुले असन्तुष्टि जनाएको बुझिएको छ ।

अहिले तिलप्रसाद श्रेष्ठ भन्दा सिनियर न्यायाधीशको नामावली क्रमैसंग बढी जेष्ठताको आधारमा नामावली यसप्रकार छ । प्रकाशचन्द्र गजुरेल, तेजबहादुर कार्की, विष्णुदेव पौडेल, शिवनारायण यादव, टेकराज नेपाल,पवनकुमार शर्मा, नरेन्द्र शिवाकोटी, शेषराज शिवाकोटी र विनोद शर्मा अगाडी छन् ।
यसरी १० जनाको क्रम र करियर मिचेर कार्यक्षमताको आधारमा तिलप्रसादलाई मुख्यमा ल्याइएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: