आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
न्याय/कानुन

सांसद गुरुङलाई साधारण तारेखमा छाडियो

०३-कार्तिक-२०७६ | ०५:३६:३१ pm

काठमाडौं ।ज्यान मार्ने उद्योगका आरोपी दोलखाबाट निर्वाचित नेकपा सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाडेको छ। जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेको करिब १ महिनापछि आइतबार गुरुङ आफैं अदालतमा हाजिर भएका थिए।

अदालतमा बयान सकिएपछि भएको थुनछेक बहषपछि न्यायाधीश पूर्णेश्‍वरप्रसाद उपाध्यायको इजलासले सांसद गुरूङलाई साधारण तारेखमा राख्न आदेश दिएको हो ।

सांसद गुरूङका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरू टीकाराम भट्टराई, रमेश बडाल, करुणाकर मल्लिक, प्रविण प्रधान र हरीशंकर कर्ण लगायतले बहस गरेका थिए ।

उनलाई गएको असोज ८ गते पक्राउ गर्न पुर्जी जारी गरिएको थियो।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: