आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
अर्थ वाणिज्य

१२ करोड ८० लाखको एउटै नोट सक्कली कि नक्कली प्रहरीलाई नै थाहा छैन

०४-कार्तिक-२०७६ | ०४:१८:०४ pm

प्रदेश ५ सैनामैना सोरौलीबाट १० लाख युरोको एउटा नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

नोट सक्कली हो या नक्कली भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले बताएको छ ।

नोटबारे यकिन जानकारीका लागि उक्त नोटलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त नोट सटही नहुने र मौद्रिक मूल्य नभएको केवल शो केसमा सजाएर राख्ने प्रयोजनको भएको बुझिएको छ ।

नोट सटही भएको खण्डमा १२ करोड ८० लाख नेपाली रुपैयाँ हुन आउँछ ।

पक्राउ पर्नेमा सैनामैना २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङका गणेश सुनार रहेका छन् ।

उनीहरुबाट ६ थान मोबाइल पनि बरामद भएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: