आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
प्रदेश नं ३

काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

०६-कार्तिक-२०७६ | ०६:२०:५१ pm

काठमाडौँ , बर्णन संवाददाता। काठमाडौँ तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा विद्यालयको बरण्डा अचानक भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन्। धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन्।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई गोंगबुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको जानकारी दिइएको छ। घटनामा घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन्। उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद गतिविधि भइरहेका बेला बरण्डामा धेरै विद्यार्थीको भार थाम्न नसकेर भाँचिएर दुर्घटना भएको प्रहरी निरीक्षक बाल नरसिंह राणाले बर्णन संबाददातालाई जानकारी दिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: