बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
समाचार

लोकसेवामा विगतकाे तुलनामा ७५ प्रतिशत कम दरखास्त

१९-कार्तिक-२०७६ | ०६:२१:५१ pm

काठमाडौं । लोकसेवा आयोगमा दरखास्त घटेको छ । आयोगले वर्षभरि गरेका कामको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ । आयोगको ६०औँ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने क्रममा आयोगका अध्यक्ष उमेश मैनालीले यस्तो बताएका हुन् ।
प्रतिवदेन बुझाउने क्रममा उनले विगतको तुलनामा पछिल्लो वर्ष ७५ प्रतिशत कम दरखास्त परेको खुलाएका छन् ।
आयोगका अध्यक्ष मैनालीले पछिल्लो प्रतिवदन आज (२०७६ कात्तिक १९ मंगलबार) आयोगको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् ।

आयोगका वर्तमान पदाधिकारीहरुको नियुक्तिपछिको यो पाँचौ प्रतिवेदन हो । आयोगको पहिलो प्रतिवेदन २०१६ सालमा तत्कालीन राष्ट्रप्रमुख समक्ष प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: