बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
न्याय/कानुन

एसपी र आलमको मिलेमतोमा घाइतेलाई भट्टाको आगोमा हालिएको प्रहरीकै खुलासा

२०-कार्तिक-२०७६ | ०५:३५:५० am

काठमाडौ ।हाल प्रहरी अनुसन्धान भईरहेका रौतहट काण्डका मुख्य आरोपी आलमका विरुद्धमा तत्कालीन त्यहाँ कार्यरत प्रहरी अधिकारीहरुले नै सत्य तथ्य खुलासा गरेपछि मुद्धा थप मजबुत भएको महसुस गरिएको छ । अब बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमसहित सबै आरोपी विरुद्ध सोमबार मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रहरी संग्लनता प्रहरी कै खुलासा :

नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर तथा तत्कालिन अवस्थामा रौतहटमा कार्यरत सइ ईश्वरविक्रम शाहले प्रहरी अनुसन्धानकर्तालाई भनेका छन्, ‘बम विस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टाको आगोमा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो।’

साथै मानव अधिकारकर्मीहरुको त्यतिखेर प्रस्तुत गरेको प्रतिवेदनले पनि घाइतेहरुलाई ट्रयाक्टरमा राखेर इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेर लगेको स्पष्ट उल्लेख छ।

यस सम्वन्धमा तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले आफ्नो बोली फेर्दै हाल ‘घटनाको जानकारी थियो, अनुसन्धान गर्न निर्देशन दिएको थिएँ,’ भनेर कागज गरिदिएका छन्।

इलाका प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज इन्द्र सुवेदीले अनुसन्धानकर्तालाई भने, ‘धमाकासहित विस्फोट भयो, घटनास्थल जान मोबाइल टोलीसहित गेटबाट निस्केको थिएँ, त्यतिखेरै एसपी साबले तुरुन्त जिल्ला बोलाउनुभयो।’

विस्फोटमा घाइते भई इँटाभट्टामा मारिएका ओसी अख्तरका ससुरा समसुल मियाँले घाइतेलाई ट्र्याक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा लगेको र जिउँदै इँटाभट्टामा हालेको आफूले प्रत्यक्ष देखेको बताएका थिए । उनले भनेका थिए, ‘बोरामा बन्द गरेर बम विस्फोटका घाइते र मृतकका शरीर ट्र्याक्टरमा लोड गरिएको थियो । प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो । पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो । त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले ।’

एसपी लामाले सशस्त्र प्रहरीबाट हाल अवकाश पाइसकेका छन् । उनी प्यारालाइसिसबाट पीडित भएकोले अहिले उपचारका लागि हङकङमा छन् । त्यसैले उनलाई बयानका लागि प्रहरीले अनुसन्धान टोली समक्ष उपस्थित गराउन सकेको छैन ।

तर, पीडित र प्रत्यक्षदर्शीको मात्र होइन, जुनियर प्रहरी अधिकारीहरूको भनाइ पनि मिलेकोले घटनामा शीर्ष प्रहरी अधिकारीको मिलेमतो रहेको दाबी झन् स्पष्ट भएको छ । अझ, निर्वाचनको मद्दतका लागि देशैभर थप प्रहरी टोली खटिएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तत्कालिन डिएसपी पुरुत्तोषम कँडेलसमेत रौतहटमा खटिएका थिए । बम बिष्फोटको खबर सुनेपछि उनले घटनास्थल जानका लागि रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपानेसँग अनुमति मागेका थिए । तर, आफुलाई न्यौपानेलाई जान नदिएको दाबी कँडेलको छ ।

हाल प्रदेश नम्बर १ प्रहरी तालिम केन्द्रमा एसएसपीको रुपमा कार्यरत कँडेलले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोट भएको ठाउँमा जान खोजेको थिएँ, तर जिल्ला इन्चार्ज तथा एसपी लक्ष्मण न्यौपानेले तिमी नजाउ, जिल्लाकै अर्को टोली जान्छ भनेर रोक्नुभयो । त्यसपछि म जान सकिनँ ।’ उनले यो विषय लिखित रुपमै प्रहरीलाई कागज गरिदिएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: