आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
समाचार

२४ घन्टाभित्र भारतीय राजदूतलाई नेपाल छाड्न चेतावनी

२१-कार्तिक-२०७६ | ०३:२६:२२ pm

भारतले नेपालको कालापानी लिम्पियाधुरा र लिपुलेकलगायत जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै नेपालमा त्यस्को व्यापक विरोध भएको छ । विभिन्न समूहले भारतीय दुतावास घेराउदेखि माइतीघरमा प्रदर्शनसमेत गरेका छन् ।

उनीहरुले भारतीय राजादूत २४ घण्टाभित्र नेपाल छोड, भारतीय विस्तारवाद मुर्दावादलगायत नारा लगाउँदै भव्य प्रदर्शन गरेका थिए ।

यस्ता खालका पर्दशन राजधानीदेखि जिल्ला–जिल्लामा हुन थालेका छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्बु–कश्मीरलाई औपचारिक रूपमा दुई केन्द्रशासित राज्यमा विभाजित भएसँगै भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै सरकारको धारणा सार्वजनिक गर्न र सरकार गम्भीर पहल गर्न समेत माग गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेकलाई भारतीय भूमिका रुपमा देखाइएको छ ।

त्यस्तै सत्तारुढ दलकै नेताले पनि विरोध गरेका छन् । हिजाे साझ परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले सर्वजनिक गरेकाे नक्साकाे वारेमा लेखीएकाे समाचार प्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

मन्त्रालयले जारी गरेकाे उक्त्त विज्ञप्ति नेपाली भाषामा भएकाे र कुनै पनि अधिकारीले हस्ताक्षर नगरेकाे हुदा जानकारहरुले आपत्ति जनाएका छन् । भारतकाे  त्रासका कारण उक्त्त विज्ञप्तिमा मन्त्रीले सहि नगरेकाे आशंका गरिएकाे छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: