आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
प्रवास

जापान गएको ३ महिनामा दुर्घटनापरी मृत्यु

२३-कार्तिक-२०७६ | १०:१८:०१ am

स्टुडेन्ट भिसामा तीन महिनाअघि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ।
जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको छ ।

थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइएको थियो। अस्पताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए। ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेका छन्। दुर्घटनाका कारण भएको मृत्युको केश भएकाले प्रक्रिया अलि लामो हुने र सोमबारसम्म घटनाको यथार्थ विवरण सार्वजनिक हुने बताइएको छ। गिरी गत जुलाईमा स्टुडेन्ट भिसामा जापान गएका थिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: