बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
न्याय/कानुन

प्रहरीले फसायो भन्ने आलमका छोरा नै नेपाल प्रहरीका इन्सपेक्टर !

२४-कार्तिक-२०७६ | ०५:३८:४७ am

काठमाडौं । ग्याँस च्याम्वरमा हाले जस्तै गरेर पाशाविक र क्रुर तरिकाले रौतहटमा मान्छे मारेको आरोप लागेपछि ‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध रौतहट जिल्ला अदालतमा अहिले थुनछेक बहस जारी छ। १२ वर्षअघि बम बनाउँदै गर्दा भएको विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको आरोप लागे पछि उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सक्याई जिल्ला अदालतमा मुद्धा दायर गरे पछी थुनछेक बहस भएको हो ।

यो घटनाले जतिसुकै लुकाउन खोजेपनि अपराध लुक्दैन भन्ने सन्देश अहिले जनमानसमा गएको छ । किनकि आलमले त्यसबेला रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामालाई हातमा लिएर घाइतेहरुलाई ईटा भट्टामा जलाएर बम बिष्फोटको घटना लुकाउने प्रयास गरेका थिए । आलम विरुद्ध पछि हुलाकमार्फत जाहेरी दर्ता भएपछि मात्र सत्ताको दुरुपयोग गरी मुद्दा नचल्ने निर्णय गराउन उनी सफल भएका थिए । तर, अहिले आएर उनी कानूनको फन्दामा परेका छन् ।

त्यतिखेरको त्यो क्रूर घटनाको वास्तविकता बाहिर आएपछि धैरेले उनलाई हिटलरभन्दा पनि निर्दयी व्यक्ति भनेका छन् । किनकी घाइतेहरुलाई सुई लगाएर बेहोस बनाई उनले भट्टामा हालेर जलाएका थिए । जिवित रहेसम्म जेल बस्नुपर्ने मागदाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको छ ।

१२ वर्षअघिको घटना भएपनि प्रशस्त प्रमाणहरु जुटाएर प्रहरीले मुद्दा दायर गरेको थियो । ३५ भन्दा धेरै त साक्षी मात्र छन् । त्यतिबेलाका प्रहरी महानिरीक्षक ओमबिक्रम राणालाई नै साक्षी बनाइएको छ । आईजिपीलाई साक्षी बनाएर मुद्दा दायर गरिएको यो पहिलो घटना हो । अन्य पाँच जना प्रहरी अधिकारीहरुलाई समेत साक्षी बनाइएको छ ।

आलमका छोरा नै प्रहरी इन्सपेक्टर

आलमले भने घटना नै नभएको भन्दै नेपाल प्रहरीले फसाएको दाबी दावि गर्दै न्यायलयलाई गुमराह गर्न खोज्दैछन् । रमाइलो पाटो के छ भने आलमका छोरा नै नेपाल प्रहरीका इन्सपेक्टर छन् । आलमका छोरा फिरदौसा आलम नेपाल प्रहरीका प्राविधिकतर्फका इन्सपेक्टर हुन् । उनी एमबीबीएस चिकित्सक हुन् । गत वर्ष मात्र उनी नेपाल प्रहरीमा भर्ना भएका थिए । हाल उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् ।

बाबु पक्राउ परेको थाहा पाएलगत्तै बिदा लिएर उनी रौतहट गएका थिए । आलमको समर्थक तथा कांग्रेस कार्यकर्ताहरुले प्रहरीको विरोधमा प्रदर्शनसमेत गरे । तर, छोरा नै प्रहरीको इन्सपेक्टर भएकाले उनीहरुको आन्दोलन मत्थर भएको थियो । साभार दृष्टि

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: