बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
न्याय/कानुन

आलम प्रकरणः प्रत्यक्षदर्शीले धमाधम बयान फेर्दै गर्दा बयान फेर्ने एकजना पक्राउ

२६-कार्तिक-२०७६ | ०१:०५:३४ pm

रौतहट । रौतहटको राजपुरमा १२ बर्षअघि भएका बम विष्फोटका घाइतेहरुलाई इट्टा भट्टाको आगोमा हाली निर्मम तरिकाले मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा केहि दिन अघिदेखि थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचन हुने अघिल्लो दिन भएको बम विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले आफूले पहिले दिएको बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ ।

अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे अदालत पुगेर आफूलाई त्यसवारे कुनै जानकारी नभएको भनी बयान फेरेका थिए । अभियुक्त आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले आफ्नो बयान फेर्दै अदालतमा आउने गरेपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुन् ।

उनले आफू बमले नभएर खाना पकाउने क्रममा स्टोभ पड्केर आफू घाइते भएको कागजात समेत पेस गरेका छन् । यसैगरी बम विष्फोटपछि घाइते अवस्थामा रहेकालाई इँटाभट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उहाँकी पत्नी अमना खातुनले केहि दिनअघि मात्र जिल्ला अदालतमा निवेदन दिएका थिए।

घाइते अबस्थामा रहेको तेइस जनालाई उपचारको सट्टा जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली काङ्ग्रेसका नेतासमेत रहेका पूर्ब मन्त्री समेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना आफ्नो पहिलको बयान फेर्दै निवेदन लिएर अदालत पुगेका थिए ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा भने आफनो पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी पिडित अमनाले अचानक बयान फेर्दै लिखित निवेदन दिएका हुन् । गत २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोट घटनाको मुख्य अभियुक्त भन्दै १२ वर्षपछि गत असोज २६ गते आलमलाई गौरबाट प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: