बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
प्रदेश नं ७

समाज कता डोरिंदै छ ? ६ वर्षीया बालिकालाई बलात्कार गर्ने १० बर्षिय बालक !

२८-कार्तिक-२०७६ | १०:०७:४६ am

कञ्चनपुर । देशको सुदुर पश्चिममा पर्ने कञ्चनपुरको कृष्णपुर भन्ने ठाउँमा एक ६ वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका अन्तर्गतको बण्डकीका ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार त्यही ठाँउका १० वर्षीय बालकलाई स्थानीय प्रहरीले पक्राउ परेका हुन् ।

बालकले आफूलाई बलात्कार गरेको कुरा बालिकाले बताएको पीडितकी आमाले जानकारी दिए । आमाका अनुसार बालिका विद्यालयबाट घरमा पुग्नासाथ घरको पछाडि गएकी थिइन् । धेरै बेरसम्म छोरी घरभित्र नआएपछि हेर्न जाँदा बालिकाले पेटको तल्लो भागमा हातले च्यापेर दुख्यो भन्दै रोएको आमाको भनाई छ ।

‘स्कुलबाट आएपछि घरको पछाडि गएकी छोरी धेरै बेरसम्म भित्र आइन’, पीडतकी आमाले भन्नुभयो ‘पछि हेर्न जाँदा हातले थिचेर रुँदै थिई ।

बालिका नजिकैको विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् । उनको दिउँसो विद्यालयमा बलात्कार भयो वा बिदा भएपछि घर आउने बेलामा बाटोमा बलात्कार भयो भन्ने कुरा स्पष्ट खुल्न सकेको छैन् ।

छोरीले हातले इशारा गर्दै गुप्तांग दुख्यो भनेपछि आफूले गर्मीका कारण पिसाब पोलेरे दुख्यो होला सोचेको पीडिक बालिकाकी आमाले बताए ।

‘मैले त गर्मीले गर्दा पिसाब पोलेर दुख्यो होला भनेर हेरेँ’, आमाले भने, ‘हेर्दा सुरुमा अलिअलि रगत देखियो । एकछिनमा उठ्दा त भूइँमा रगतको पोखरी परिसकेको थियो ।’

छोरीको त्यस्तो अवस्था देखेपछि घर नजिक रहेका शिक्षकलाई घरमा गएर सोध्दा शिक्षकले आफूलाई थाहा नभएको बताउँदै अर्को दिन छोरीलाई विद्यालय लिएर आउनु भनेको उनले बताइन् ।

‘कसले हो भन्दा छोरीले एउटा केटाको नाम लिएर उसको दाइले हो भनी’, बालिकाकी आमाले भन्नुभयो, ‘शिक्षकले भोलि आउनु भनेपछि छिमकेकै अर्को एकजनालाई सुनाए । उनले प्रहरीमा फोन गरे ।’

प्रहरीले बालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । उनी त्यसै विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।

यस्तै, बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
निर्मला पन्तको घटना पछि कञ्चनपुरमा बलात्कारको घटना निरन्तर बढिरहेको छ । कञ्चनपुरमा मात्रै गत साउनदेखि हालसम्म १७ जना बालबालिका बलात्कारको शिकार भएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: