बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
न्याय/कानुन

रुप ज्योतिविरुद्धको ठगी मुद्दा फिर्ता लिन जोहरीकर्ताले नै दिए निवेदन

२८-कार्तिक-२०७६ | ०१:३९:३४ pm

काठमाडौं। प्रतिष्ठित ब्यापारिक घराना ज्योति ग्रुपका सञ्चालक व्यवसायी डा. रुप ज्योति कंसाकार विरुद्ध दिएको मुद्दा फिर्ताको लागि जाहेरीकर्ता आफैले प्रहरीमा निवेदन दिएका छन । हाउजिङको लागि रकम लिई आफूलाई ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएका विगेन्द्रकृष्ण मल्लले पूर्वअर्थ राज्यमन्त्री डा.ज्योतिविरुद्धको मुद्दा फिर्ताको लागि निवेदन दिएका हुन ।

मल्लको जाहेरी परेपछि अदालतको आदेशले एक हप्ता अघि रुप र उनकी छोरी सुरुचि कंसाकार पक्राउ परेका थिए । उनीविरुद्ध दुई पटक म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहँदा अदालतले डा.रुपज्योतिका दाजु ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई समेत पक्राउका लागि पूर्जि दिएको थियो । तर यहीबीचमा जाहेरवालाले मल्लले मुद्दा फिर्ताको निवेदन दिएका हुन । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार मल्लले फिर्ताको लागि निवेदन दिए पनि प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिलमा बुझाइसकेको छ ।

तर मल्लले ठगी भएको भनिएको रकम फिर्ता पाएको निवेदन दिएपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन बाँकी छ । बाँसबारीस्थित जग्गा प्लटिङ किनबेचमा ठगी भएको भन्दै मल्लले रुप ज्योतिविरुद्ध उजुरी गरेका थिए । रुप ज्योतिमाथि अनुसन्धानका लागि थपिएको दोस्रो पटकको म्याद आज सकिंदैछ ।

व्यवसायी रुपज्योतिको गिरफ्तारी विरुद्ध उद्योगी व्यवसायी संगठन र नेवारी समुदायले समेत विरोध प्रदर्शन गरिएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: