बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
न्याय/कानुन

आलाम प्रकरण: कानुन व्यवसायीको चरित्र जता फाइदा उतै काइदा

२८-कार्तिक-२०७६ | ०२:२४:४८ pm

काठमाडौं । कानुन अन्धो हुन्छ, न्यायले कसैलाई पनि देख्दैन र न्याय भनेको जे हो त्यही बोल्छ, त्यसैका पक्षमा उभिन्छ भन्नेमा आमनागरिकको विश्वास छ ।

तर, विगतमा रौतहट बमकाण्डबारे छानबिन गर्नुपर्छ र दोषीउपर कारबाही गर्नुपर्छ, तथा आफताब आलमलाई कारबाही गर्नुपर्छ भनी आवाज उठाउने रमण श्रेष्ठ यतिखेर अफताब आलामको पक्षमा बहसका लागि रौतहट जानाले आममानिसको कानुनप्रति विश्वास घट्दै गएको छ ।

न्याय क्षेत्रको विश्वासिलो निकायका पूर्वअध्यक्षसमेत रहेका रमण श्रेष्ठ एकाएक आलामको पक्षमा बहसका लागि रौतहट पुगेपछि आमनागरिकको कानुन व्यवसायीप्रति विश्वास घटेको हो ।

रमण श्रेष्ठ रौतहट बम काण्ड हुँदा श्रेष्ठ बार एसोसिएसनका अध्यक्षसमेत थिए । अध्यक्ष हुँदा रौतहट बमकाण्डमा संलग्नलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताउँदै आएका थिए । तर, उनी स्वयं अहिले सयय र परिस्थिति फेरिएको भन्दै मोहम्मद आफताब आलामको पक्षमा बहसका लागि रौतहट पुगेका हुन् ।

काठमाडौंबाट रौतहटमा बहसका लागि लामबद्ध रुपमा ३३ जना अधिवक्त गएका छन् ।

आलाम प्रकरणको विषयमा बहस गर्न केन्द्रबाट जुन रुपमा कानुन व्यवसायी रौतहट पुगे यसले कानुन क्षेत्रमा आमनागरिकमा कानुन व्यवसायीप्रति रहेको विश्वासमा केही शंका उब्जाएको छैन । कतै कानुनका न्यायमा पनि राजनीति र अर्थनीति प्रवेश गरेको हो कि भन्ने कुरामा अझ तेल थपिदिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: