बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
अर्थ वाणिज्य

बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई

२९-कार्तिक-२०७६ | १०:४०:३५ am

दमक । सामान्यतया बंगुर र सुंगुर प्रजातिलाई फोहरी जनावरकोरुपमा लिने गरिन्छ । तर नेपालमा एकजना एक बंगुर पालक किसानले एउटै बंगुरबाट मासिक एकलाखभन्दा बढी आम्दानी लिइरहनु भएको छ त्यो पनि मात्र विर्य बेचेर भन्ने कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

झापा जिल्लाको कमल गाउँपालिकाका वडा नं ५ का ४६ वर्षीय अगुवा बंगुरपालक कृषक सञ्जिवकुमार राईले बिभिन्न विदेशी नश्लका बंगुरको विउ बिक्री गरी लाखौँ आम्दानी लिदै आएका छन् ।
कृषक राईले बंगुरको वीर्य भण्डारण प्रयोगशाला बनाएर वीर्य संकलन गरी बिक्री गर्ने गरेका छन् । एउटा बंगुरलाइ एक पटक कृत्रिम गर्भधान ९एआइ० का लागि आवश्यक वीर्य १ हजार रुपियाँमा उपलब्ध गराउने गरेको उनले। उन्नत नश्लको बंगुरबाट वीर्य निकालेर अन्य दर्जनौं पोथी बंगुरमा लगाउन सकिन्छ, उनले बताए। प्राकृतिक प्रक्रियाबाट पोथी बंगुुरलाई गर्भधारण गराउँदा एउटा भाले बंगुरको वीर्य खेर जाने हुनाले यस पद्धतिबाट गरिएको वीर्य संकलनले १० देखि २५ बंगुरलाई गर्भधारण गराउन सकिने उनको भनाई रहेको छ ।

हप्तामा अहिले एकपटक उन्नत नश्लको बंगुरबाट वीर्य संकलन गर्ने गरेको र महिनामा एकलाख रुपैयाँसम्म यसबाट आम्दानी लिन सकिएको उनको भनाई रहेको छ । वीर्य संकलन र बिक्रीका लागि मात्र उनले आकर्षक र सुविधा सम्पन्न खोर बनाएर बिभिन्न प्रजातिका २७ वटा नश्ल बंगुरहरु राखेका छन् । उनले नश्ल सुधार गरेर निकालिएको सानो भाले बंगुर १ लाख ५० हजार रुपैयाँमा केही समय अघि बिक्री गरेको बताए ।

उनले अमेरिकाको स्वाइन जेनेटिक इन्टरनेशनल ९एसजीआई० कम्पनीबाट ल्याइएको वीर्यबाट बंगुरमा कृतिम गर्भधारण गराउँदै आएका छन् । राईले हेम्पसायर, ल्यान्द्रइज, योर्कसायर, ड्युरोक, मेसन लगायतका उन्नत जातका वंगुरको वीर्य संकलन गरेर पूर्वी नेपाल सहित भारतमा समेत बिक्री गर्दै आएका छन्। उनी भन्छन्, शुरुवातमा त यो कसैले पत्याएका नै थिएनन् तर अहिले नपात्याउने कम छन् ।

एउटा उन्नत नश्लको भाले बंगुरबाट हप्तामा नै एकलाख रुपियासम्म आम्दानी लिन सकिने भएकाले आफुले बेच्नु परेको अवस्थामा १५ देखि २० लाख रुपियासम्ममा बेच्ने पनि उहाँको भनाई छ ।
पर्याप्त बजारहुने भने आफुले बंगुरको वीर्य संकलन तथा पालिएका बंगुरहरुबाट कम्तिमा एक वर्षमा २ करोड रुपैयाँ आम्दानी लिने पनि उहाँले बताउनुभयो । यो वर्ष कम्तिमा पनि २ करोड रुपियाँ खर्च कटाएर आम्दानी गर्ने लक्ष्य छ, उनले बताए ।

नीजि स्तरबाट नेपालमा नै आफ्नो नमुना बंगुर फारम र वीर्य संकलन केन्द्र रहेको उनको दाबी छ । शुरुमा मात्र ५५० रुपियामा एउटा बंगुरको पाठो किनेर शुरु गरेको व्यवसाय अहिले पाँच करोडभन्दा माथिको पुगेको छ भने वार्षिक कमाइ करोड नाँघ्न थालेको छ उनले स्पष्ट पारे। हाल उनको खोरहरुमा मासु तथा बच्चा उत्पादनका लागि पालिएका बिभिन्न प्रजातिका ३०० भन्दा बढी बंगुर समेत रहेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: