बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
न्याय/कानुन

कालापानी विवादबारे सर्बोच्चले माग्याे सरकारसँग लिखित जवाफ

२९-कार्तिक-२०७६ | ०३:५२:०० pm

काठमाडौ । भारतले नयाँ नक्सा सार्वजनिक गर्दै कालापानी क्षेत्र भारतमा समेटेपछि उत्पन्न सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार सर्वोच्चमा रिट दायर गरेको रिट दायर गरेका थिए ।

दायर गरिएको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउनु पर्ने,नेपालको नयाँ नक्सा जारी गर्नु पर्ने र आवश्यक परेको खण्डमा यो विवादलाई अन्तर्राष्ट्रिय अदालत हुँदै राष्ट्रसंघसम्म पुर्‍याएर भएपनि आफ्नो भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न माग गरिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुको नाममा आदेश जारी गरेको हो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: