बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
प्रदेश

द्वन्द्व पीडितको प्रश्न : विस्तृत शान्ति सम्झौताको १३ वर्ष बित्यो न्यायका लागि अझै कति समय पर्खिने ?

०५-मंसिर-२०७६ | १२:५९:०५ pm

काठमाडौं । सशस्त्र द्वन्द्वको अन्त्य गर्न तत्कालिन सरकार र बिद्रोही पक्षका बीचमा विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएको भन्दै सरकार बिरुद्ध आक्रोष पोखेका छन् ।

शान्ति सम्झौता भएकै दिन पारेर बिहीवार माईतिघर मण्डलामा प्रदर्शन गर्दै द्वन्द्व पीडितहरुले सरकार बिरुद्ध आक्रोस पोखेका हुन् । शान्ति सम्झौताको महत्वपुर्ण कार्यभार द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उलंघनबाट पीडित नागरिकलाई सत्य न्याय र परिपूरण प्रदान गर्ने प्रतिबद्धता राजनीतिक स्वार्थमा अल्झाईनु बिडम्वना भएको पीडितहरुले औंल्याएका छन्।

संक्रमणकालिन न्याय प्रक्रिया लम्बिएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै पीडितहरुले यस प्रक्रियामा राजनीतिक र सरकारी हस्तक्षेप बन्द गरिनुपर्ने बताए। यस अवधिमा सरकारलाई न्याय भएको र पीडितलाई अन्याय भएको पीडितको आरोप छ ।

द्वन्द्वकालिन मुद्दा टुंग्याउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमा ऐन संशोधन गरेर विश्वसनिय र पारदर्सि प्रक्रियाबाट पदाधिकारी चयन हुनुपर्ने माग पीडितहरुको छ ।

द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले शान्ति सम्झौता पछिका राज्यका गतिबिधिले पीडित माथि थप पीडा दिने काम भएको बताए ।

उनले राज्यले न्याय नदिए पीडितले अन्तराष्ट्रिय अदालत गुहार्नुपर्ने अवस्था आउनसक्ने औंल्याए। यश बिषयमा सरकार चाडै सचेत हुनुपर्ने उनको भनाई छ। द्वन्द्व पीडित साझा चौतारिको आयोजनामा माईतिघरमा एक घण्टा शान्तिपुर्ण धर्ना दिईएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: