बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
प्रदेश नं ३

पदबहालीलगत्तै मन्त्री पार्वत गुरुङले गरे उत्कृष्ट काम

०६-मंसिर-२०७६ | ०४:२२:०३ am

काठमाडौं, मंसिर ५ । मन्त्रीपरिषदको भएको पुनर्गठनबाट महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री हुनु भएका दोलखाका साँसद माननीय पार्वत गुरुङले मन्त्री पदका शपथ लिई आफ्नो जिम्मेवारी सम्हाले कै दिन सुत्केरी हुन नसकी ज्यान जोखिममा परेका दुई गर्भवती महिलाको उद्दार गराउनु भएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीबाट शीतलनिवासमा पद तथा गोपनीयताको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा पुगेर पदबहाली गरेलगत्तै डोल्पा र सल्यानमा दुई महिलाको ज्यान जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । मन्त्री गुरुङको अत्यन्त फाष्ट एक्शनपछि दुर्गम क्षेत्र मानिएको डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी २८ बर्षीया सुगन्धा पुनको उद्दार गरिएको हो ।

दुवै गर्भवती महिला सुत्केरी हुन नसकी अचेत बन्नुभएको थियो । सुत्केरी हुन नसकी गर्भवती महिला अचेत बनेको सूचना मन्त्रालयमा आएलगत्तै क्वीक एक्शन गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गम भेगमा रहेका गर्भवती महिलाहरु उपचारको अभावमा ज्यान जाने घटना रोक्न राष्ट्रपति महिला उद्दार कार्यक्रम लागू गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यो कामको नेतृत्व गर्दै आएको छ ।

मन्त्री गुरुङले मन्त्रालयको कार्यभार सम्हालेपछि आज दुई महिलाको उद्दार गरेसँगै अहिलेसम्म ६२ जनाको ज्यान बचेको छ । पदबहालीकै क्रममा मन्त्री गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिक जस्तो अति संवेदनशील मानिएको क्षेत्र भएकोले अन्य मन्त्रालयमा जस्तो ढिलासुस्ती र काममा उत्तरुदायीबिहीनता हुनै नहुने आफ्नो बटमलाइन सुनाउनु भएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: