बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
प्रदेश

संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक: नेता पौडेल

०६-मंसिर-२०७६ | ०२:४४:५२ pm

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन् ।

डेमोक्रेटिक लर्यस एसोसियसनको बार्षिक साधरणसभामा बोल्दै नेता पौडेलले अध्यादेश नियुक्ती हुने कुनैपनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए । पौडेलले भने–‘म सम्माननिय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु ।

उहाँ यो संविधान अन्तरगत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रीक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन् ।’ पौडेलले संवैधानिक परिषद गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: