बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
मुख्य​ समाचार

समाजवादी पार्टी सरकार छाड्दै

०६-मंसिर-२०७६ | ०५:४६:१५ pm

काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ ।

हालै केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा असतुष्टि जनाउँदै समाजवादीले सरकार छाड्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद् गठनको प्रक्रियामा ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार नौ मन्त्री हेरफेर गरेका थिए । यादव केहीबेरमा भारतबाट नेपाल फर्कँदैछन् । उनी नेपाल आइपुगे लगत्तै पार्टीको बैठक बसी सरकार छाड्ने निर्णय लिने समाजवादी पार्टीका महासचिव रामसहाय यादवले जानकारी दिए ।

पाँचदिने भारत भ्रमणमा निस्केका उनले नयाँदिल्लीमा उच्च राजनीतिक भेटघाट गरेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: