बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
समाचार

बज्राचार्य अवार्डस् पुस १२ मा हुने

०६-मंसिर-२०७६ | ०५:५८:३६ pm

काठमाडौ । बज्राचार्य क्लबले आगामी पुस १२ गते वल्र्ड बज्राचार्य अवार्डस् २०१९ कार्यक्रम गर्ने भएको छ ।

क्लबले आज पत्रकार सम्मेलन गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा साङ्गीतिक/साँस्कृतिक प्रस्तुतिबीच गरिने यस कार्यक्रममा विश्वभरका कुनै पनि विद्यालय, विश्वविद्यालयबाट एस इ इ देखि पी एच डी वा सो सरह उत्तीर्ण गरेका बज्राचार्य कुलपुत्र, कुलपुत्री, कुलवधुहरुलाई पुरस्कृत गरिने जानकारी दियो । आवेदन दिन चाहनेहरुले २०७६ मङ्सिर २७ भित्र अनलाइनमार्फत आवेदन दिइसक्ने पर्नेछ ।

कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यका अनुसार समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने र एक जनालाई ‘लाइफ टाइम एचिभमेन्ट एवार्डस्’बाट विभूषित गरिने छ । एस इ इ देखि स्नातकोत्तरसम्म प्रत्येक तहमा सर्वोकृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एक जनालाई पुरस्कृत गर्ने पनि कार्यक्रम राखिएको छ । रासस

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: