शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

गँहुका रोटीको कारण सरकार यता उता हुन सक्ने

०७-माघ-२०७६ | ०५:१४:४२ pm

 

दक्षिण एशियाकाे  एक देशमा गँहुको रोटीको कारण संकट आएको छ । पाकिस्तानमा जनताले नान पसलबाट रोटी किनेर दैनिक भोजन गर्छन तर अहिले आँटाको मुल्य बढेको कारण नान पसलले राटी बेच्न मानेका छैनन् सरकारले राटीको मुल्य बढाउन मारिहेबको छैन। मुल्य बढाए जनता नाराज र नबढाए ढावावाला लाखौ व्यापारी नाराज । यहिकारणले गर्दा अहिले त्यहाँ रोटी संकटकाल जस्तो भएको छ ।

पिठोको चरम संकट देखिएकोले मानिसले रोटीसमेत खान पाएका छैनन् ।
आँटाको संकटका कारण खैबर पख्तुनख्वाह प्रान्तका शहरहरूमा नान रोटीका दोकानहरु बन्द हुन थालेका छन्।

साथै, बलुचिस्तान, सिन्ध र पञ्जाब प्रान्तमा पनि यस्तै समस्या देखिएको समाचारमा जनाइएको छ। पाकिस्तान सरकारले प्रान्त सरकारसँग यसबारे छलफल गरेको छ। प्रान्त सरकारले यसलाई ुकृतिम संकटु भनेका छन्।
व्यापारीले जानीबुझी संकट सिर्जना गरेको प्रान्त सरकारहरूको दाबी छ। ु नान–पसलु सञ्चालकहरू लामो समयदेखि रोटीको मूल्य बढाउने कोशिसमा थिए। उनीहरू अहिले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
तीमध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। संकटको खास कारण पाकिस्तानीहरू दैनिक उपभोगका लागि प्रायस्जसो ुनान–पसलु बाट रोटी किन्ने गर्छन्। त्यहाँ दिनहुँ नानको ठूलो कारोबार हुनेगर्छ। पेशावर शहरमा मात्रै साढे २ हजार नान–पसल छन्।
नान–पसल सञ्चालकहरूको गुनासो छ, ुमहँगीले आकास छुँदासमेत सरकारले नानको मूल्य बढाउन दिएन। सन् २०१३ यता एउटै मूल्य छ। अब पुरानै मूल्यमा रोटी बेच्न सम्भव छैन।ु नान व्यापारीले धमाधम पसल बन्द गर्न थालेपछि सर्वसाधारणको दैनिकीमा संकट आइलागेको छ। ु
पहिले–पहिले ८५ किलोको आँटाको बोरा ४ हजार रुपैयाँमा आउने गरेकोमा अहिले त्यसको मूल्य ५ हजार नाघेको छ। ग्याँस तथा अन्य सामग्रीको भाउ छोइसाध्यै छैन एक ुयस्तो स्थितिमा रोटीको मूल्य नबढाएर के गर्नेु पसलवालाले रोटीको मूल्य पनि बढाउने कोशिश गरे पनि सरकारले त्यसो नगर्न चेतावनी दिँदै आएको छ। १७० ग्राम आँटाबाट तयार हुने रोटीलाई १० रुपैयाँमा बिक्री गर्दै आएका पसलेले १५ रुपैयाँ मूल्य कायम गर्न खोजेका थिए।

तौल पनि १७० ग्रामबाट झारेर १५० ग्राम बनाउन लागिएको थियो। तर सरकारले ु१५ रुपैयाँ लिने भए रोटीको तौल १७० ग्राम हुनुपर्नेु शर्त राखेको छ। ठूलो मात्रामा कारोबार हुने भएकाले पाकिस्तानमा जोखेर रोटीको किनबेच हुनेगर्छ। आँटासंकट भन्दै पसलेहरू हड्तालमा उत्रिएपछि, स्थितिलाई नियन्त्रणमा लिन पञ्जाब सरकारले खैबर पख्तुनख्वाहमा दैनिक ५ हजार टन आँटा आपूर्ति गर्न थालेको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: