आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
Welcome news

मुख्यमन्त्री भट्ट द्वारा नारी दिवसको शुभकामना

२५-फाल्गुण-२०७६ | ०९:५१:५९ am

धनगडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना सन्देश व्यक्त गरेका छन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले महिलामाथि हुने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको खाँचो रहेको औल्याएका छन ।

सन्देशमा मुख्यमन्त्री भट्टले विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण सङ्घर्षबाट स्थापित नेपालको संविधानले महिलालाई लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन ।

साथै उहाँले थप अधिकारका लागि अग्रसर रहन आग्रह गर्दै महिला दिदीबहिनीमा शुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: