शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
मनोरञ्जन

तिमी नेपाल नआऊ कोरोना (कविता)

०५-चैत्र-२०७६ | ०७:२३:३४ pm

काठमाडौं आउँदा धुवाँ र धुलोले भरिन्छौ तिमी
महंगीको मारले ढाड भाँच्दै थिचिन्छौ तिमी
कर तिर्दातिर्दै रितिन्छौ तिमी
अस्पतालहरुका अवस्था हेर्दा गिजिन्छौ तिमी

 

सरकारको ताल हेर्दा तर्सिन्छौ तिमी
गरिब, असहाय जनता हेर्दा भुलिन्छौ तिमी
किन यहाँ आएछु भनी पछुताउँछौ तिमी
नेताहरुको ताल हेर्दा हत्तेरी भनी फर्किन्छौ तिमी

 

वामे सर्दै सरकारले स्कुल र नाका बन्द गर्दैछन्
सारा नेपाली तिमीलाई नआऊ नआऊ भन्दैछन्
जीवनजल र सिटामोल नपाइने यो पावन भूमिमा
कालोबजारीहरुले जरा गाडेको यो मातृभूमिमा

 

नआऊ कोरोना तिमी नआऊ
बिन्ति आउन लागे फर्कि जाऊ
सारा नेपाली तिमीलाई हात जोड्दै
भन्दछन् नआऊ तिमीलाई हतारमा दौड्दै

 

पशुपतिनाथको यो पावन भूमिमा
भर्खर युद्ध बिसाइएको यो रणभूमिमा
नआऊ कोरोना नआऊ यो स्वर्गभूमिमा
पूर्विय सभ्यता जोगाउन देऊ यो पृथ्वीमा

-लक्ष्मी पुडासैनी
डिल्लीबजार, घट्टेकुलो काठमाडौं

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: