आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
Welcome news

आइतबार रातिदेखि कञ्चनपुर जिल्ला लकडाउन

०९-चैत्र-२०७६ | ०५:४५:४८ pm

महेन्द्रनगर । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरको बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर निस्कन नदिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति ११ः५९ बजेपछि लागू हुनेगरी स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले अर्को निर्णय नहुँदासम्मका लागि आइतबार मध्यरातिदेखि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय भएको जानकारी दिए । ‘सम्पूर्ण उद्योग, कलकारखाना र बजार बन्द हुने छ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने ।

भारतसँगको प्रमुख सीमा नाका गड्डाचौकी नाकामा पनि मंगलबारबाट अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: