आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
Welcome news

भारतबाट सीमामा आइपुगेका नेपाली नेपाल पस्न सीमामा प्रहरीसँग तनाव

११-चैत्र-२०७६ | ०१:१५:३७ pm

काठमाडाैँ-भारतबाट सीमामा आइपुगेका नेपाली नेपालभित्र आउन खोजेपछि कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा नेपालीहरू भेला भएपछि तनाव भएको छ।

मंगलबार बिहान ६ बजेदेखि नाका बन्द भएको थियो । उनीहरू सोमबार राति नै भारतका विभिन्न ठाउँबाट सीमा नाकामा आइपुगेका थिए।

नयाँदिल्लीको आनन्दविहार बसपार्कमा रहेका आफूहरूलाई भारत सरकारले बसमा राखेर नाकासम्म ल्याइदिएको उनीहरूले बताएका छन्

सीमामा जम्मा भएका नेपालीले आफूहरू नेपाल प्रवेश गर्न पाउनु पर्ने माग राखेका छन्। सुरक्षाकर्मीले उनीहरूलाई प्रवेश गर्न रोकेपछि तनाव भएको हो।

गौरीफन्टामा मंगलबार बिहान ढुंगा हानाहान पनि भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी नाकामा खटाइएको छ। मोहना पुलमा भीड बढेपछि तनाव भएको हो।

स्थानीय प्रशासनले सीमामा भेला भएका नेपालीलाई नेपाल प्रवेश गर्न दिने विषयमा गृह मन्त्रालयको निर्देशन कुरिराखेका छन्।

यस्तै समस्या छिमेकी जिल्ला कञ्चनपुरमा पनि छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले गड्डाचौकी नाकामा पनि भारतबाट आएका नेपालीको भीड रहेको बताए।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले सोमबारसम्म सीमा नाकाबाट नेपालीलाई आउन दिइएको बताए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: