शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

डिम्याट र मेरो सेयरको नवीकरण अनलाइनबाटै

२८-बैशाख-२०७७ | ०८:१५:१३ am

सरकारले लकडाउन जारी गरेको समयमा एनआइसी एसिया क्यापिटल तथा एनआइसी एसिया बैंकमार्फत हितग्राही खाता खोली कारोबार गरिरहेका ग्राहकको खाता अनलाइनबाटै नवीकरण हुने भएको छ ।

क्यापिटलले इसेवा, खल्ती तथा कनेक्ट आइपिएसमार्फत भुक्तानी लिई नवीकरण गर्ने व्यवस्था गरेको हो ।

त्यस्तै, एनआइसी एसिया बैंक लिमिटेडको अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले पनि अनलाइनबाटै नवीकरण गर्न सक्ने बैंकले जनाएको छ ।

खातावालाले नवीकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ ।

अनलाइनमार्फत नवीकरण शुल्क प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको हितग्राही खाता तथा मेरो सेयरको नवीकरण तुरुन्त गरिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।

खातावालाहरूले उक्त नवीकरण शुल्क घरबाटै भुक्तानी गर्न क्यापिटलले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: