शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

कोरोनाभाइरसका कारण सुन खानीकाे काम बन्द: सुनकाे मुल्य बढन सक्ने

१२-जेठ-२०७७ | ०७:२८:५१ am

एजेन्सी- दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि सुन खानीको काम बन्द गरिएकाे हाे ।

पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानीकाे सुचिमा पर्दछ ।

कोरोनाभाइरसका कारण सुनखानी एक महिना बन्द भएकाे थियाे । एक महिना पश्चात यो खानीमा गत महिना मात्रै काम सुरु गरीएको थियो ।

कोरोनाभाइरसको फैलनबाट रोक्नका लागि देशमा मार्चमा लकडाउन गरिएको थियो ।

त्यतिबेला देशका सबै सुन खानीमा काम बन्द भएको थियो ।

अहिले पनि जुन संक्रमित भेटिएका छन्, उनीहरुमा कोरोनाका कुनै पनि लक्षण देखिएको छैन ।

कम्पनी एंग्लोगोल्ड अशान्तिका अनुसार सबैलाई आइसोलेशनमा राखिएको छ । कम्पनीले गत हप्ता कोरोनाको पहिलो संक्रमित भेटिएपछि ६५० कर्मचारीको परीक्षण गरिएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: