शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र

१३-जेठ-२०७७ | ०६:५७:१५ am

काठमाडौं-कर्णाली प्रदेशमा कोराना तीब्र गतिमा फैलिन थालेको छ ।

कर्णालीमा सबैभन्दा पछि देखिएको कोराना पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ ।

भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २३ पुगेको हो ।

यसअघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण देखिएकोे थियो ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार बबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट लिइएका केही नमुनामध्येमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको स्थायी ठेगाना खुलाइएको छैन। पछिल्लो समय भारतबाट कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक भित्रिरहेका छन ।

कर्णाली अन्य ६ वटा प्रदेशमा संक्रमण देखिँदा पनि शून्य संक्रमण थियोे । तर भारतबाट श्रमिक फर्किएसँगै कोरोना पनि ह्वात्तै बढ्न थालेको हो।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: