शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट

१३-जेठ-२०७७ | ०७:४७:५२ am

वीरगञ्ज । वीरगंजका चिकित्सकबीच कुटाकुट भएको छ ।

ह्वाट्सएप ग्रुपमा भएको कुराकानीलाई लिएर कुटाकुट भएको हाे ।

वीरगंजकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावि लेखेको भन्दै विवाद भएपछि चिकित्सकहरुबीचमा नै हात हालाहाल भएको हो ।

कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई वीरगंज एक चिकित्सकले जथाभावि लेखेका थिए ।

एनएमए नारायणी जाेनल ब्रान्च नाम भएकाे ह्वाट्सएप ग्रुपमा भएको कुराकानीका विषयमा छलफल गर्न आदर्शनगरमा रहेको नगरसभागृहमा दुबै समूहका चिकित्सकहरु भेला भएको र त्यही हातपात भएको बुझिएको छ ।

नारायणी अस्पतालमा कार्यरत डा.उदयनारायण सिंह, डा.दीपक चौरसिया र डा.साहबुद्दिन र डा.मधुरन्जन सिंह पक्षबीच हात हालाहात भएको हो ।

कुटपिटबाट डा.दीपक चौरसियालाई चोट लागेको छ भने अन्य सामान्य रहेको बुझिएको छ । डा.मधुरन्जन नेशनल मेडिकल कलेजमा कार्यरत छन् ।

यता डा. मधुरञ्जनले भने नारायणी अस्पतालका चिकित्सकहरुले अनाहकमा आफ्नाे नाम मुछेको आराेप लगाएका छन् ।

घटनाकाे बारेमा साझासँग कुरा गर्दै डा.मधुरञ्जनले अनियमितता र बेथितिका बारे बाेल्दा आफूलाई नारायणीका केही चिकित्सकले बदनाम गराउन खाेजेकाे बताए ।

सामान्य कुराकानीलाई झडप भएकाे भनेर प्रचार गरिएकाे भन्दै उनले आक्राेस पनि व्यक्त गरे ।

कोरोना सन्त्रासका बेला चिकित्सकहरु बिरामीको उपचारमा केन्द्रित हुनुपर्नेमा आपसमै कुटाकुट गरेर बस्नु लज्जास्पद भएको नागरिक अगुवाहरुको भनाइ छ ।

 

साझा डेलीबाट साभार ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: