शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

क्वारेन्टाइनबाट ३० जना फरार

१३-जेठ-२०७७ | ०८:१५:२० am

अर्घाखाँची- दुई हप्तासम्म कोरोना जाँच नभएको भन्दै क्वारेन्टाइनमा बसेको ३० जना व्यक्ति भागेका छन् ।

कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन् । ‘दुई हप्तासम्म बस्दा पनि कोरोनाको जांच नभएपछि आक्रोश पोख्दै क्वारेन्टाइन छाडेर गएका हुन् ।

कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ ।

तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ ।

क्वारेन्टाइनमा बसेका सबैजना एकैपटक निस्केर जाँदा उनीहरुलाई कसैले नरोकेको उनले बताए ।

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारी आएको र आफूहरु के भएको रहेछ बुझ्ने क्रममा रहेको बताए।

कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए ।

उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो। कपिलवस्तुमा झण्डै सात हजार जना क्वारेन्टाइनमा रहेका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: