शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

आज १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवस: पर्वतारोहीको खुसी फिर्ता हुने मन्त्री भट्टराईकाे विश्वास

१६-जेठ-२०७७ | ११:२४:३९ am

काठमाडौं । नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विश्वास व्यक्त गरेका छन् ।

६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेकाे थियो। सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ।

१३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेको समेत उल्लेख गरे । नेपाल आगामी दिनमा विश्वको एक आकर्षक गन्तब्यका रुपमा सदाझै रहने विश्वास समेत उनले लिएका छन् ।

तर, यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण पर्यटन शून्यमा झरेको छ । सरकारले यो वर्ष सबै प्रकारका पर्यटकीय गतिविधि रोक्ने निर्णय गरेको छ ।

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको चुचुरो चुमेका थिए । नेपाल सरकारले सन् २००८ देखि यस दिनलाई सगरमाथा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९५३ यता सगरमाथा चचुरोमा ५ हजारमाथि मानव पाइला पुगिसकेका छन् । विश्वका शाहसिक पर्यटकका लागि यो आकर्षक गन्तब्य हो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: