शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

१६-जेठ-२०७७ | ०३:४५:२१ pm

रौतहट । थप ५६ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा एकैदिन ५६ जनामा संक्रमण पुष्टि भएको हाे ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका छन् ।

प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको उनले बताए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: