शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२

१६-जेठ-२०७७ | ०५:१९:१४ pm

काठमाडौं : शुक्रबार मात्रै नेपालमा १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ७० जना थपिएसँगै देशभर संक्रमितको संख्या १२१२ पुगेको हाे ।

उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा सप्तरी राजबिराजका ४ जना नयाँ संक्रमित रहेका छन् ।

त्यहीँ भएको परीक्षणमा झापाको भद्रपुरका ३४ वर्षीय पुरुष पनि संक्रमित पाइएका छन् ।

कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २८ जना संक्रमित भेटिएका छन् । उ

नारायणी अस्पतालमा गरिएको परीक्षणमा बारा र पर्साका ९ जनालाई संक्रमण देखिएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा ३१ वर्षीय एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

गण्डकी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा म्याग्दीको मालिकाका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके डुढुवाका १० जनामा कोरोना पुष्टि भएको छ।

चितवनको भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ जना र नवलपरासीका २ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ८४ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

देवकोटाका अनुसार कपिलवस्तुको भृकुटी माविको क्वारेन्टाइमा बसेका २४ जनामा कोरोना देखिएको हो ।

त्यहीँ गरिएको परीक्षणमा जनता मावि डुमरिया रौतहटको क्‍वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना देखिएको छ । त्यस्तै सर्लाहीको मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पुष्टि भएको छ ।

जसमा कपिलवस्तुका एउटा स्कुलको क्‍वारेन्टाइनमा बसेका १५ जना छन् ।

त्यस्तै रुपन्देहीका १ जनामा पनि कोरोना देखिएको छ। राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ ।

त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिनेमा कपिलवस्तुको विजयनगरका ९ जना रहेका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: