शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने

१६-जेठ-२०७७ | ०६:११:५८ pm

सरकारले दैनिक ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको छ ।

शुक्रबार बसेको समितिको बैठकले बिदेशमा रहेका नेपालीलाई नेपाल ल्याउने बिषयमा यस्ताे निष्कर्ष निकालेको हाे ।

भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नुपर्ने बताईएकाे छ ।

सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब किताब छ।

साथै समितिको बैठकले नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्ने गरि हिसाब गरेकाे बताईएकाे छ ।

काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ । होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ । फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्।

होटलमा होल्ड गरिएकाहरूको स्वास्थ्य परीक्षण हुनेछ । परीक्षणमा कोभिड-१९ नदेखिएपछि उनीहरूलाई गाडीमा राखेर स्थानीय तहसम्म पुर्‍याइने छ। त्यसपछि उनीहरूल त्यहाँको स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्नु पर्नेछ।

परराष्ट्र मन्त्रालयले तत्कालै ६ लाख नेपालीलाई स्वदेश ल्याउनु पर्ने देखिएको आँकडा निकालेको छ।

उच्चस्तरिय समितिको यो निष्कर्षबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: