शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
प्रदेश

बसको टिकट नपाएको कारण पुरानो बसपार्कमा तोडफोड

१८-आश्विन-२०७६ | ०९:३८:५१ am

काठमाडौं , बर्णन संवाददाता । घर जान बसको टिकट नपाएको र तोकिएको समयमा सवारीसाधन नहिडाएको भन्दै बस यात्रुले हाल खुल्लामञ्चमा रहेको पुरानो बसपार्क तोडफोड गरेका छन् ।

समयमा घर जान नपाएको झोंकमा आक्रोशित यात्रुले खुलामञ्चमा राखिएको अस्थाई रेलिङ समेत भाँचिदिएका छन् ।

दशैका लागि टाढा टाढा घर जान भनि शनिवार एका बिहानै खुल्लामन्च स्थित बस पार्क पुगेका यात्रुले टिकट नपाएपछि त्यहाँ तोडफोड गरेका हुन् ।

उपत्यकाबाट अन्यत्र भन्दा नजिक रहेका सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखाका विभिन्न स्थानमा जानका लागि पुरानो बसपार्कमा अग्रिम टिकटको व्यवस्था नगरिएको हुँदा यो अवस्था भएको प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ । सिण्डिकेट खारेज भएको भनिए तापनि व्यवहारमा यातायात समितिहरुको मनोमानी कायम रहेकोले गर्दा तोकिएको भन्दा अति नै ढिलो बस लाने गर्नाले समस्या थपियको यात्रुहरुको गुनासो रहेको छ ।

अहिले आक्राशित यात्रुलाई सम्झाई बुझाई गरि अहिले सामान्य अवस्थामा ल्याएको कुरा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: