शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
अन्तर्राष्ट्रिय

चीनमा टेनिस खेल्दा खेल्दै राप्रपा अध्यक्ष कमल थापा घाइते

१४-कार्तिक-२०७६ | ०८:०५:११ am

काठमाडौं । राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा टेनिस खेल्ने क्रममा घाइते भएका छन् ।

चीनको उत्तर पूर्वी भागमा हङकङ टापु नजीक रहेको सेञ्जेन शहरमा आयोजित अन्तर्राष्ट्रिय टेनिस खेल खेलिरहेकै बेला शारीरिक पिडा भएर बढन थालेपछि थापाले बीचैमा खेल छाडेका हुन् ।

उनी कात्तिक ८ गते चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट–२०१९ मा भाग लिन चीन पुगेका हुन् । थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६–० र ६–० मा पराजित गरेका थिए ।

पहिलो खेलमा जीत हात पारेका थापाले अर्को खेलमा भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३–० ले जितेका थिए । तर, दोस्रो सेटमा जितिरहेको अवस्थामा थापाको मांसपेशीमा समस्या भएर घाइते जस्तो अवस्था भएपछि वीचैमा उनले खेल छाडेको बताइएको छ ।

थापाको स्वास्थ्यमा समस्या आएपछि खेल बीचमै छोड्नु परेको थियो । थापाले पहिलो खेलमा ३–० ले जितेका थिए । दोस्रो खेलमा खुट्टाको तन्किएपछि खेल्न समस्या भएको थियो । यति हुँदाहुँदै पनि खेलिरहेका थापाको शरीरमा दुखाइ ढाडसम्म पुगेपछि उनले खेल्न छोडे । अहिले अध्यक्ष थापाको अवस्था सामान्य रहेको र आराम गर्न डाक्टरले सुझाएको बताइएको छ । अध्यक्ष थापा उक्त खेलमा भाग लिन गत ८ गते चीन गएका थिए ।
श्रीमती प्रलिता थापासहित चीन गएका थापा कात्तिक १४ गते स्वदेश र्फकने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: