शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
खेलकुद

विश्वकप क्रिकेट छनोटको उपाधि नेदरल्यान्ड्लाई

१७-कार्तिक-२०७६ | ०८:०७:५३ am

काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

यूएईमा शनिबार राति भएको फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो ।

१२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाए ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा यो छनोटबाट नेदरल्यान्ड्स, पपुवा न्युगिनी, आयरल्यान्ड, स्कटल्यान्ड र ओमान प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: