शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
एडिटर च्वाइस

अबका सम्भावित प्रधानमन्त्री

१८-कार्तिक-२०७६ | ०१:५१:२२ pm

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री स्वयं र पूर्वएमाले धारलगायत अन्य शक्तिको समर्थनमा पोखरेल प्रधानमन्त्री हुने सम्भावना बढ्दै गएको हो । जसका लागि अहिले आन्तरिक र बाह्य शक्ति सक्रिय रहेका छन् ।

ओलीको स्वास्थ्य बिग्रिँदै गइरहेको अवस्थामा पूर्वएमाले धारले कास्की २ बाट जिताई प्रधानमन्त्री ओलीको उत्ताराधिकारीको रूपमा स्थापित गराउने रणनीति बनाए पनि वामदेवले चुनावबाट हात झिकेसँगै पोखरेललाई यो अवसर जुर्ने देखिएको छ ।

ओली प्रधानमन्त्री भएसँगै पार्टीमा अर्का अध्यक्ष र अन्य मन्त्री भए पनि ओलीले पोखरेललाई यसअघि पनि कायममुकायम प्रमको जिम्मेवारी दिँदै आएका थिए । र उनले पनि अध्यक्षको अनुपस्थितिमा पार्टी र सरकारकोे भूमिकालाई निर्वाह गर्दै आएका छन् ।

जसलाई लिएर अर्का अध्यक्ष दाहालले असन्तुष्टि पोख्दै आएका थिए । तर, पोखरेलले दाहालसँग ओलीकै हैसियतमा सवालजवाफ गर्दै आएका थिए ।

पहिलो वरीयतामा आफू मात्रै रहने रणनीति अपनाएका ओलीको निर्देशन मानी पोखरेल अघि सरेको नेकपाभित्रका पूर्वमाओवादी धार र अन्य नेताले त्यति रुचाएका थिएनन् ।

दाहाल र पोखरेलबीच सवालजवाफ हुँदा ओली पहिलो वरीयतामा र दाहाल–पोखरेल एकै वरीयताका जस्ता देखिन्थे ।

तत्कालीन एमाले र माओवादी मिली नेकपा बनेको करिब डेढ वर्ष बितेको छ भने दुई पार्टीबीच वामएकता गरी एकै चुनाव चिन्हमा चुनाव लिएको मंसिर १४ मा दुई वर्ष हुँदै छ ।

तीन महिनाभित्र सबै पार्टी एकताका काम सकाउने सहमति गरेका यी दुई पार्टीले अहिलेसम्म पार्टी एकताका काम सकाएका छैनन् ।

त्यसका अलवा पूर्वएमाले धार र केही शक्ति उपप्रधान तथा दोस्रो वरीयताका नेता पोखरेललाई प्रधानमन्त्री बनाउन खोज्नुले पूर्वमाओवादी धार समान हैसियतमा पार्टी एकताभन्दा पनि पूर्वएमालेले माओवादीलाई आफ्नो वशमा राख्न खोजेको स्पष्ट हुन्छ ।

ओली स्वास्थ्यका कारण प्रममा रहन नसक्ने सम्भावना देखिएको छ । योसँगै पूर्वएमाले धारबाट पार्टी एकताको नेतृत्व गर्ने ओली नै पार्टीमा पूर्वएमालेलाई नै आफ्नो उत्तराधिकारीको रूपमा अघि बढाउन खोजिरहेका छन् ।

जसले नेकपाको एकता आ–आफ्नालाई मात्र माया ममतामा परिणत हुँदै आएको छ । जुन कुारा बाहिरैबाट पनि स्पष्ट अनुभूत गर्न सकिन्छ ।

पार्टीमा ओलीसमान हैसियत भएका नेता क्रमशः अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल हुँदाहुँदै ईश्वर पोखरेलले ओलीको कार्यभार सम्हालेमा अध्यक्ष प्रचण्ड नेकपाका नाममात्रैका अध्यक्ष हुने सम्भावना छ ।

मन्त्रिमण्डल विस्तारका क्रमा अर्थमन्त्रालय दाबी गरेका पोखरेलाई ओलीले ठाउँ परेका बेला हेरौँला भन्दै आश्वासन दिएका थिए ।

त्यही आश्वासनलाई पूरा गर्न ओलीले आफु अस्वस्थ भएपछि आफ्नो उत्तराधिकारीका रुपमा पोखरेललाई अघि सारेक देखिन्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: