शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
खेलकुद

क्रिकेट : नेपालले एमसिसीलाई पराजित गर्यो

१८-कार्तिक-२०७६ | ०४:५९:१८ pm

नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई पराजित गरेको छ। ज्ञानेन्द्र मल्लकाे कप्तानीमा पहिलो पटक सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको एकदिवसीय खेलमा नेपालले एमसिसीलाई ५ विकेटले पराजित गरेको हो।

एमसिसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३७.३ ‌ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा विनोद भण्डारीले नटआउट ५२ रन जोडे। उनले ३ चौका र २ छक्का प्रहार गरे। भण्डारीसँगै पवन सर्राफ पनि नटआउट ३८ रनको योगदान गरे। पाँचौ विकेटका लागि भण्डारीसँग ६९ रनको साझेदारी गरेका पवनले पनि ४ चौका र २ छक्का हिर्काए।

ओपनर इशान पाण्डे ४ रन र कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भएका थिए। शरद भेषवाकर २४ रन र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए। आरिफ शेखले पनि २३ रन जोडेका थिए ।

एमसिसी र नेपालबीच मंगलबारदेखि तीनदिवसीय खेल हुनेछ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: