शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
खेलकुद

एसियन भलिबल खेल्ने राष्ट्रिय टिमको घोषणा

१९-कार्तिक-२०७६ | ०३:५२:४६ pm

काठमाडौं । पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

बंगलादेशमा आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल भलिबल संघले मंगलबार अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।

थाइल्याण्ड भ्रमणको दौरान खेलाडीले गरेको प्रदर्शनको आधारमा नेपाली टिम छनोट गरिएको भलिबल संघले जनाएको छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एभीसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली महिला टोलीले झन्डै एक महिना थाइल्याण्डमा प्रशिक्षण गरेर सोमबार मात्रै स्वदेश फर्किएको हो ।

एभीसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा चल्नेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: