शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
अन्तर्राष्ट्रिय

भारतले जारी गरेको यो पछिल्लो नक्शाबारे नेपाल सरकारको धारणा के छ ?

१९-कार्तिक-२०७६ | ०५:५०:०० pm

भारत सरकारले मुलुकको नयाँ नक्सा जारी गरेको छ । जम्मू(कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले शनिवार पहिलोपटक नयाँ नक्सा जारी गरेको हो । यसमा नेपालको सीमाना पनि देखाइएको छ । यद्यपी नेपालको सीमानामा तर्फ कुनै हेरफेर नगरिएको होला । तर सरकारले आधिकारिक रुपमा हेरेर यसको बारेमा केही संज्ञान लिन आवश्यक छ ।

यो नक्शा भारतको सर्वे विभागले तयार परेको हो । भारतको गृह मन्त्रालयले आफ्नो प्रतिवेदनमा केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला करगिल र लेह हुने बताएको छ । बाँकी २६ जिल्ला जम्मू(कश्मीरमा रहनेछन्।

यो नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् ।

भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू(कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ।

भारतले जारी गरेको नयाँ नक्सामा केन्द्र शासित दुवै प्रदेशमातहका गिलगित(बाल्टिस्तान तथा पाक प्रशासित कश्मीरको केही क्षेत्रसमेत परेको भन्दै पाकिस्तानले उक्त नक्सा खारेज गरेको छ ।

पाकिस्तानले यसलाई गलत, कानुनी रुपमा अपुष्ट, अमान्य तथा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको पूर्ण उल्लंघन भएको जनाएको छ ।
यो भारत पाकिस्तानको बिषय हो त्यसमा नेपालले केही बोल्न आवश्यक छैन । तर नेपाल तर्फको बारेमा अवलोकन गर्न आवश्यक छ । किनकी सुस्ता, टनकपुर, जस्ता ठाउँमा केही विवाद भएकोले सरकारले यो नक्शा राम्ररी अध्ययन गर्ने विषय हो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: