शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
पत्रपत्रिका खवर

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?

२०-कार्तिक-२०७६ | ०८:३१:३९ am

चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार नेपालमा औसत १८ हजार थान मोबाइल दैनिक आयात हुने गरेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

गोरखापत्र दैनिकले जनाएअनुसार नेपालमा असोजसम्म सात अर्ब १९ करोड रुपैयाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएकाे भन्सार विभागले जनाएकाे हाे ।

गत आ. व. मोबाइलको आयातमा केही कमी भएपनि यस वर्ष आयात बढेको हाे‍ । गत आ. व. काे असोजसम्म छ अर्ब २९ करोड रुपैयाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए ।

विभागकानुसार समिक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ जहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपैयाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन् ।

चीनकाे हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलन रहेकाे गाेरखापत्रले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: