शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
प्रदेश

भारतले विना सुचना एक्कासी किन बन्द गर्‍यो नेपालगञ्ज नाका ? यस्ताे छ कारण

२३-कार्तिक-२०७६ | १०:२६:५१ am

नेपालगञ्ज – आज शनिबार बिहानैदेखि भारतले नेपालगञ्ज नाका बन्द गरेको छ।

भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ ।

बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारे औपचारिक रुपमा जानकारी नआएको तर आज राम मन्दिरबारेको फैसलाका कारण नाकामा कडाई गरेकाे बताएका छन ।

नयाँ नक्साकाे कारण भारतविरुद्धका गतिविधिका कारण नाका बन्द गरिएको हो भन्ने हल्ला भने निराधार रहेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: