शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
समाचार

मिर्गौला रोगको लक्षण र बँच्ने सरल उपाय

२३-कार्तिक-२०७६ | ०१:१९:४५ pm

नेपालमा ३० लाख जना मिर्गौलासम्बन्धी कुनै न कुनै रोगले पिडित रहेको अनुमान छ , जसमा वर्षेनी औसत ३ हजार व्यक्तिको मिर्गौला फेल हुन्छ ।
मिर्गौला फेल हुनुअगाडि वाकवाकी लाग्ने, शरीर पहेंलो हुने, रगत कम हुने, पिसाबको मात्रा कम हुने, थकावट हुने, मुख फुल्ने, खान मन नलाग्ने, फोक्सोमा पानी जमेर श्वास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखिन्छन् ।

९० प्रतिशत मिर्गौला फेल भइसक्दासम्म पनि कुनै लक्षण नदेखिन पनि सक्छ त्यसैले वर्षको एकपटक मिर्गौलाको जाँच गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ ।

मिर्गौला फेलपछि प्रत्यारोपण हुने भए पनि अंग पाउन गाह्रो छ । तर, मिर्गौला फेल हुनबाट बच्ने र बचाउने भने प्रशस्त उपाय छन् । यसका लागि साधारण जीवनशैली अपनाउनुपर्छ । चिल्लो, गुलियो र जंकफुड इत्यादि खानुहुँदैन ।

जथाभावी औषधि सेवन नगर्ने, पिसाबको संक्रमणबाट बच्ने, पत्थरीलगायत रोग लाग्न नदिने र समयमै उपचार गर्ने, पानी प्रशस्त पिउने, शारीरिक व्यायाम र तौल नियन्त्रण गर्ने तथा खानपिनमा ध्यान दिनेलगायत उपाय अपनाउँदा मिर्गौला रोग लाग्न तथा मिर्गौला फेल हुनबाट बच्न सकिन्छ ।

मिर्गौला फेल भएपछि सकेसम्म प्रत्यारोपण नै गर्न‘पर्छ । हेमोडायलासिसबाट पनि मेसिनले सफा गरेर बिरामीलाई बचाउन सकिन्छ । तर, डायलासिसका सीमित फाइदा भएकाले प्रत्यारोपण गर्न‘ नै राम्रो हुन्छ ।
प्रत्यारोपण गरेको व्यक्ति प्राकृतिक रूपमै पुरानो जीवनशैलीमा फर्कन सक्छ । डायलासिस मात्र गर्दा यसलाई जिन्दगीभर निरन्तरता दिइराख्नुपर्ने हुन्छ । क्यान्सर, मुटु तथा फोक्सोसम्बन्धी रोग लागेको व्यक्ति अथवा प्रत्यारोपण गर्न नसकिने व्यक्तिलाई भने डायलासिस नै गर्न‘पर्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: