शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
राजनीति

भारतविरुद्ध उत्रन देउवाको निर्देशन

२३-कार्तिक-२०७६ | ०२:४१:११ pm

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा खरो रुपले उत्रन आफनो नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

लिपुलेक कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेको भन्दै पार्टी सभापति देउवाले कडा रुपमा उत्रन निर्देशन दिएका हुन् ।

उनले शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना रहको भन्दै सडकमा खरो रुपमा उत्रन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह बारम्बार गर्दै आएको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: